यसपालिको शिवरात्री यी ६ राशिलाई उत्तम, बर्सिँदै छ शिवजीको कृपा

काठमाडाै । शिवरात्रिको दिनलाई भगवान शिवको उत्पत्ति भएको र शिव पार्वतीको विवाह भएको दिन रहेको शिव पुराणमा उल्लेख छ । त्यसैगरी शिवरात्रिकै दिन भगवान शिवले सागर मन्थनका क्रममा निस्केको हलाहल विष पिएर सृष्टिको रक्षा गरेका थिए । त्यसै दिन देखि भगवान शिवलाई निलकण्ठ भन्ने थालिएको हो ।

गणित अनुसार २७ गते शिवरात्रि परेको छ । २६ गते राति १२ बजेर २९ मिनेटमा ग्रहको राजकुमार बुध ग्रहले राशि परिवर्तन गरेर आफ्नो मित्र राशि कुम्भ राशिमा जादैछ । बुध आफैमा बुद्धिको ग्रह हो, त्यो आफ्नै मित्र राशिमा जाने हुनाले शिवजीको विशेष कृपा बन्दै छ ।

२७ गतेबाट चैत्रको १५ गते सम्म यी ६ राशिहरूलाई शिवजीको कृपा बर्सिँदै छ ।

१)मेष राशि : कुम्भ राशिमा बुध ग्रह प्रवेश । ११ औँ भावमा बुध ग्रह जाँदा कमाइको स्रोतहरू बढ्नेछ । तपाईँलाई आँटिलो बनाइदिन्छ ।

२) वृष राशि : अत्यधिक स्वर्णिम समय आएको छ । इच्छाएका कुराहरू सबै पुरा हुनेछन् ।

३) मिथुन राशि : धर्म कर्म र भाग्यका कारण तपाईँले सोच्नुभएका हरेक कार्यहरू पुरा हुनेछन् ।

४) वृश्चिक राशि : चौथो भावमा बुध राशि पर्ने हुनाले तपाईँको लागि एकदमै सुख दिने समय छ । पिता तथा राज्यसँगका सम्बन्धहरू तपाईँलाई फलिफाप हुनेछ ।

५) धनु राशि : पुरुषार्थ बढेर जानेछ । जोस र जाँगर बढ्ने छ । आँटिलो बन्नुहुनेछ । पार्टनरसिपमा हुनुहुन्छ भने पनि समय एकदमै राम्रो छ ।

६) मकर राशि : बुध ग्रह दोस्रो भागमा रहेकोले कुटुम्ब बढ्ने सम्भावना बढी नै छ । रोग, ऋण र शत्रुलाई जितिनै जाने बेला छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *