What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
लुम्बिनी प्रदेशका मेयरहरुको प्रतिबद्धता :ऋण लिएरै भए पनि विकास गर्छौं
What To Know
- कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुस्पराज कडेलले आत्मनिर्भर अर्थतन्त्र बनाउन पालिकाहरुलाई बलियो बनाउनु पर्ने बताए । डा कडेलले जनप्रतिनिधिहरुलाई कार्यकारीहरुले समयमा सुचना नदिदा राष्ट्रिय योजना आयोग र नगरपालिका बिच समन्यमा समस्या भएको बताए । डा कडेलले भने योजना ४० करोडको तर बिजेट बिनीयोजन भने ४० लाख गर्ने यो लगानीको सदुपयोग होकी दुरपयोग हचुबाको भरमा काम नर्गन नगरपालिका प्रमुख कार्यकारी, योजना अधिकृत र ईन्जिनियरभने । संघिय मामिला तथा समान्य बिकास मन्त्रालयका सहसचिब बिष्णु दत्त्त गौतमले नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले कोषले आगामी ४ वर्षभित्र सबै नगरपालिकामा सहकार्य गर्ने रणनीति रहेको वताए । पछाडि रहेका नगरलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइने सापकोटाले बताए ।.
- कार्यकारी निर्देशक सापकोटाले स्थानीय सरकारले अनुदानको मात्रै भर नपरी ऋण र अनुदानको अनुपात मिलाउँदै आर्थिक तथा व्यावसायिक दृष्टिले उपयोगी आयोजनामा लगानी गर्न नीतिगत रूपमै स्पष्ट हुनुपर्ने आवश्यकता रहेको बताए । नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले ऋण लिएर पूर्वाधार निर्माण गर्न मेयरहरूलाई नहिच्किचाउन आग्रह गरे । उनले बाहिरी मुलुकका उदाहरण दिँदै नगरपालिकाले आँट गरेर आन्तरिक स्रोत वृद्धि गर्ने खाले आयोजनामा लगानी गर्दै नगरलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्न नगरपालिका प्रमुखहरुलाई आग्रह गरे । कार्यक्रममा तिलोत्तमा नगरपालिका प्रमुख बासुदेब घिमिरेले ठुला ठुला योजना अघिबढाउन आर्थिक लगानी कम भएको बताउदै ऋण लगानी आबश्यक रहेको बताए । उनले नगरका ठुला योजना बनाउन को लागी डिपीआर तयार भैरहेको र तिलोत्तमालाई नमुना नगरपालिकाको रुपमा लैजाने तयारीका साथ काम अघि बढेको बताए ।.
पाल्पा,२६ फागुन ।
सुनिल कार्की ।
नगर विकास कोषले आयोजना गरेको प्रादेशिक कार्यशाला गोष्ठी रुपन्देही सुरु भएको छ। लुम्बिनी प्रदेश भरिका नगरपालिका प्रमुख उपप्रमुख योजना अधिकृत र ईन्जीनियर सहभागी गोष्ठीको लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ शाहले उदघाटन गरे । उपस्थित प्रदेशभरिका मेयरहरूलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शाहले कोषले लुम्बिनी प्रदेशका नगरपालिकामा विशेष प्राथमिकता दिएर लगानी गर्नुपर्ने वताए । नगरको बिकास भनेको सहरमा बिकास भएकोले सबैको ध्यान जानु जरुरी रहेको प्रदेश प्रमुख शाहले बताए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुस्पराज कडेलले आत्मनिर्भर अर्थतन्त्र बनाउन पालिकाहरुलाई बलियो बनाउनु पर्ने बताए । डा कडेलले जनप्रतिनिधिहरुलाई कार्यकारीहरुले समयमा सुचना नदिदा राष्ट्रिय योजना आयोग र नगरपालिका बिच समन्यमा समस्या भएको बताए । डा कडेलले भने योजना ४० करोडको तर बिजेट बिनीयोजन भने ४० लाख गर्ने यो लगानीको सदुपयोग होकी दुरपयोग हचुबाको भरमा काम नर्गन नगरपालिका प्रमुख कार्यकारी, योजना अधिकृत र ईन्जिनियरभने । संघिय मामिला तथा समान्य बिकास मन्त्रालयका सहसचिब बिष्णु दत्त्त गौतमले नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले कोषले आगामी ४ वर्षभित्र सबै नगरपालिकामा सहकार्य गर्ने रणनीति रहेको वताए । पछाडि रहेका नगरलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइने सापकोटाले बताए ।
कार्यकारी निर्देशक सापकोटाले स्थानीय सरकारले अनुदानको मात्रै भर नपरी ऋण र अनुदानको अनुपात मिलाउँदै आर्थिक तथा व्यावसायिक दृष्टिले उपयोगी आयोजनामा लगानी गर्न नीतिगत रूपमै स्पष्ट हुनुपर्ने आवश्यकता रहेको बताए । नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले ऋण लिएर पूर्वाधार निर्माण गर्न मेयरहरूलाई नहिच्किचाउन आग्रह गरे । उनले बाहिरी मुलुकका उदाहरण दिँदै नगरपालिकाले आँट गरेर आन्तरिक स्रोत वृद्धि गर्ने खाले आयोजनामा लगानी गर्दै नगरलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्न नगरपालिका प्रमुखहरुलाई आग्रह गरे । कार्यक्रममा तिलोत्तमा नगरपालिका प्रमुख बासुदेब घिमिरेले ठुला ठुला योजना अघिबढाउन आर्थिक लगानी कम भएको बताउदै ऋण लगानी आबश्यक रहेको बताए । उनले नगरका ठुला योजना बनाउन को लागी डिपीआर तयार भैरहेको र तिलोत्तमालाई नमुना नगरपालिकाको रुपमा लैजाने तयारीका साथ काम अघि बढेको बताए ।
बुटबल उपमहानगरपालिका प्रमुख तगा नगर विकास कोष संञ्चालन समितिका सदस्य शिबराज सुबेदीले नगरबिकास संग पालिकाहरुको सहकार्यकालागी नियामबली संसोधन को तयारी भैरहेको बताए।नगरबिकास कोषको प्रगतिराम्रो भैरहेको बताउदै पालिका संग सहकार्य गरेर अघि बढने बताए ।