बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

मध्य रातमा प्रचण्डकी कान्छी छाेरीले लेखिन् यस्ताे स्टाटस
काठमाडौं । पुनर्स्थापित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी कान्छी छोरी गंगा दाहालले सर्वोच्च अदालतको फैसलाबाट प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना पूरा भएको बताएकी छिन् ।
आइत बार अबेर राति फेसबुकमा स्टाटस लेखेर ओलीमाथि आक्रोश व्यक्त गरेकी छिन् । प्रचण्डको निजी सचिवालयमा कार्यरत उनले फेसबुकमा लेखेकी छन्, ‘केपी ओलीको चाहना पूरा भएको छ । आज पार्टी विभाजन भएको खुशियालीमा देशभर हर्षोल्लास मनाइरहेका छन् । आज पुष्टि नै भएको छ कि प्रधानमन्त्री हुनकै लागि पार्टी एकताको नाटक रचिएको रहेछ ।’
उनले नेपाली जनताले यसको हिसाब राख्ने चेतावनीसमेत दिएकी छन् ।
उनले लेखेको स्टाटसमा थुप्रै प्रतिक्रियाहरु पनि आएका छन् । अधिकांश टिप्पणीहरु ओलीका पक्षमा लेखिएका छन् भने धेरैले ब्यङ्ग्य पनि गरेका छन् ।