बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छ : नेता भण्डारी
चितवन । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले तोकिएको मितिमा महाधिवेशन हुन नसके कांग्रेस समाप्त (कोल्याप्स) हुने बताउनुभएको छ । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उहाँले अब भने महाधिवेशन तोकिएकै मितिमा गर्नुपर्ने बताउनुभयो ।
उहाँले महाधिवेशन अब सर्न नसक्ने भन्दै पार्टीलाई विधि र पद्धतिमा अगाडि लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नेपाली कांग्रेस विधिअनुसार अगाडि बढ्नुपर्छ ।” फरक प्रसङ्गमा उहाँले प्रतिपक्षले अप्ठ्यारोमा परेका समयमा देशको नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो ।
पार्टीभित्र कसलाई प्रधानमन्त्री बनाउने भन्ने महसुस हुनसक्ने तर, देशलाई अप्ठ्यारो परेका बेलामा निकास दिनुपर्ने उहाँको भनाइ थियो । सर्वाेच्च अदालतले आइतबार गरेको फैसलाको प्रसङ्गमा उहाँले अदालतले गरेको फैसला विधिको विजय भएको टिप्पणी गर्नुभयो ।