यस्ताे चिटिक्क बनाए डा बाबुराम भट्टराईले पालुङटारकाे घर

काठमाडाैँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखा पालुङटारमा रहेको पूख्र्यौली घर मर्मत गरेर चिटिक्क बनाएका छन् । वि.सं. २०७२ साल बैशाखमा गएको बिनासकारी गोरखा भूकम्पले  भूकम्पले क्षति पुगेको भट्टराईको घर प्रवलीकरण गरेर बस्न लायक बनाइएको हो ।

गोरखाको पालुङटार नगरपालिकास्थित खोप्लाङ बेलवासमा रहेको भट्टराईको पुर्ख्यौली घर भूकम्पबाट क्षति पुगेको थियो । भूकम्प गएको पाँच वर्षमा भट्टराईले घर प्रबलीकरण गरेर चिटिक्क बनाएका छन्।

प्रबलीकरणको अनुभव सुखद र लाभदायी देखिएको उनले बताएका छन्। उनले प्रबलीकरण गर्दा पुनर्निर्माणभन्दा समय र खर्च कम लागेको पनि बताएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायत घर प्रबलीकरणमा सहयोग गर्नेलाई भट्टराईले धन्यबाद दिएका छन् ।

सरकारले २०७२ साल वैशाखमा गोरखा केन्द्र रहेर गएको भूकम्पबाट क्षति पुगेका घर पुनर्निर्माण र प्रबलीकरणमा आर्थिक सहयोग गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *