What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
देउवालाई बाबुराम भट्टराईको यस्ताे कटाक्ष, किन नबुझेको ? कि सेटिङ नै हो ?
काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुनावप्रति कांग्रेस सभापति शेरवहादुर देउवाको आशक्तिप्रति सांकेतिक कटाक्ष गरेका छन् ।
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमामा संसद पुनःस्थापनापछि चुनावमा जाँदा कांग्रेसलाई दुवै हातमा लड्डु हुन्छ भन्दै किन नबुझेको भनी प्रश्न गरेका छन् ।
डा. भट्टराईले लेखेका छन्, ‘चिसो भनेकै कोकाकोला भनेझैं केही कांग्रेसी नेताका निम्ति लोकतन्त्र भनेकै चुनाव हुनु दुःखद छ । चुनावमा त ढिलोछिटो जानैपर्छ । तर ओलीको असंवैधानिक कदम नसच्चिई चुनावमा जाँदा (भैहालेमा) संविधान धरापमा पर्छ । संसद पुनर्स्थापनापछि चुनावमा जाँदा दुवै हातमा लड्डु हुन्छ । किन नबुझेको ? कि सेटिङ नै हो ?’






