What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
भाइरल गीत ‘फूलबुट्टे सारी’ अब मदनकृष्णको स्वरमा
What To Know
- Https.
- //youtu.
काठमाडाैँ । पछिल्लाे समय चर्चित बनेकाे गीत फूलबुट्टे सारीकाे नयाँ भर्जन सार्वजनिक भएकाे छ । कभर गीत भाइरल भएपछि रिमेक गरिएकाे गीत पुरूष र महिला भर्जनकाे अपार सफलतापछि फेरि त्यही गीत हास्यकलाकार मदनकृष्ण श्रेष्ठकाे स्वरमा रेकर्ड भएकाे छ । साथै त्यसकाे भिडियाे पनि तयार गरिएकाे छ ।
फूलबुट्टे सारी, सपक्क पारी पछ्यौरी मलमलको
फूलहरू हेरी आफूलाई हेर्दा उमेरको अलमल भो
हालसम्म यो गीत मार्मिक लामा, मिलन नेवार, अरिष्मा सिवाकोटीको स्वरमा रेकर्ड भइसकेको छ। मेल, फिमेल, चाइल्ड भर्सन निकालिसकेका यस गीतका संगीतकार तथा गीतकार राजनराज शिवाकोटीको यो गीतले करोडौं भ्यूज नाघिसकेको छ।
आज सरस्वती पूजाको साइत पारेर मदनकृष्ण श्रेष्ठको स्वरमा यही गीतको नयाँ भर्सन सार्वजनिक गरेका छन्। मंगलबार बिहान सार्वजनिक भएको भिडिओमा मदनकृष्णको स्वरसँगै अभिनय पनि हेर्न पाइने भएको छ। भिडिओमा अभिनेत्री मिथिला शर्मा र मदनकृष्ण जोडी बनेकी छन्।






