नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

ओरालो लाग्यो सुनको मूल्य
काठमाडाैँ । लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि झिनो ह्रास देखिएको छ । स्थानीय बजारका लागि तोकिएको मूल्यअनुसार आज छापावाला सुन तोलामा रु २०० ले घटेको छ ।
प्रतितोला रु ९१ हजार ८०० मा आइतबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ९१ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
यस्तै तेजाबी सुन आइतबार तोलामा रु ९१ हजार ३०० मा कारोवार भएकामा आजका लागि भने रु ९१ हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । चाँदी तोलामा रु एक हजार २३० मा कारोवार हुनेछ ।