आर्मीको लगातार दोस्रो जित, बागमतीको विजयी शुरूआत

काठमाडौँ । काठमाडौंमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले जित निकालेका छन् ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा विभागीय टोली आर्मीले कर्णाली प्रदेशमाथि ८० रनको फराकिलो जित निकाल्दा जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो ।

आइतबारकै अर्को खेलमा विभागीय टोली तथा साविकको विजेता नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गर्दै बागमतीले जारी प्रतियोगितामा पहिलो जित निकालेको हो । आर्मीले लगातार जित निकाल्दा कर्णाली प्रदेशले पराजयबाट प्रतियोगिताको शुरूआत ग¥यो । आर्मीले दिएको १९६ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले मात्र ११५ रन जोड्न सक्यो । ३३ दशमलज ३ ओभरमा कर्णालीले सबै विकेट गुमाउँदा प्रतियोगिता पराजयबाट शुरूआत गर्न पुगेको हो ।

पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको अर्को खेलमा पुलिस क्लबलाई ७ विकेटले पराजित गर्दै बागमतीले सुखद शुरूआत ग¥यो । पुलिसले दिएको ११२ रनको सामान्य लक्ष्य बागमतीले ३४ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्दा विजयी शुरूआत गरेको हो ।

प्रतियोगितामा सोमबार कीर्तिपुरको मैदानमा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश तथा गण्डकी प्रदेश र प्रदेश–१ बीच मुलपानी मैदानमा प्रतिस्पर्धा हुनेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *