What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
त्रिविले यस वर्ष हिउँदे बिदा नदिने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यस वर्ष हिउँदे बिदा नदिने भएको छ ।
त्रिवि कार्यकारी परिषदको बैठकले हिउँदे बिदाको व्यवस्था यस वर्षका लागि रद्द गरेको रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिए।
कक्षा र परीक्षा सञ्चालन गर्नु पर्ने भएकोले हिउँदे बिदा नदिइने निर्णय त्रिविले गरेको छ।
कोरोनाभाइरस महामारीका कारण गत चैतदेखि रोकिएका कक्षा तथा परीक्षा अहिले सञ्चालन भइरहेका छन्।
यस्तै त्रिविले सम्भव भएसम्म भौतिक रूपमा विद्यार्थी उपस्थित गराएरै कक्षा सञ्चालन गर्न आंगिक क्याम्पसहरूलाई पनि निर्देशन दिएको छ।







