प्रिमियर लिगमा वेष्टह्यामबिरूद्ध ३-० गोलले चेल्सी विजयी

एजेन्सी । प्रिमियर लिगमा वेष्टह्यामलाई ३-० गोलले पराजित गरी चेल्सी पाँचौं स्थानमा उक्लिएको छ ।

सोमबारराति घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा चेल्सीले सहज जित निकाल्ने क्रममा ट्यामी अब्राहमले २ गोल गरे ।

खेलको १० मिनेटमै थियागो सिल्भाले चेल्सीलाई अग्रता दिलाएका थिए । २ गोल अब्राहमले खेलको अन्त्यतिर गरेका थिए । उनले खेलको ७८ औं र ८० औं मिनेटमा गोल गरे ।

पछिल्ला २ खेलमा लगातार पराजय ब्यहोरेको चेल्सीले यो जितपछि १४ खेलबाट २५ अंकसहित तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । शीर्ष स्थानको लिभरपुल भन्दा चेल्सी ६ अंकले पछाडि छ । यस्तै बर्नले पनि सोमबार रातिको खेलमा विजयी भएको छ । बर्नलेले वुल्भसलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *