गजल : तिमी रिसाउँछ्याै तिम्रो मन बिग्रन्छ

तिमी रिसाउँछ्याै तिम्रो मन बिग्रन्छ
यता मेरो भने सारा जीवन बिग्रन्छ

बोलेँ हुँला अन्ट सन्ट पनि सायद
रिषमा त सबको वचन बिग्रन्छ

थाहा छ अरुलाई उज्यालो छर्दा छर्दै
क्यान्डलको सम्पूर्ण बदन बिग्रन्छ

कलियुगमा मदन पर्खिन छोडे मुनाले
त्यसैले त अचेल मदन बिग्रन्छ

डम्फू मादल र मुरली बिर्से युवाले
ड्रमसेट र गितारले भजन बिग्रन्छ

– दशरथ भण्डारी 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *