बिग बास खेल्न सन्दिप अष्ट्रेलिया प्रस्थान

काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग बास खेल्न अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

अष्ट्रेलियन फ्रेन्चाईज लिग बिग बास खेल्न सन्दीप कतार एयरवेजमार्फत आज (मंगलबार) अष्ट्रेलिया प्रस्थान गरेका हुन् । म्यानेजर रमेश सिवाकोटीका अनुसार सन्दीप भोली एडिलेटमा पुग्ने छन् ।

उनी एडिलेटमा अनिवार्य रुपमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ । क्वारेन्टिनको समय पुरा गरेपछि उनी आफ्नो टिमसँग जोडिनेछन् ।

बिग बासको नयाँ सिजनमा सन्दीपले टिम परिवर्तन गरेका छन् । उनले होबार्ट हुरिकेन्समार्फत नयाँ सिजनको बिग बास खेल्नेछन् । सन्दीपले बिग बासमा अघिल्ला दुई सिजन मेबलर्न स्टार्सबाट खेलेका थिए ।

इन्डियन प्रिमियर लिग (आईपीएल)को यो सिजन एकै खेल पनि खेल्ने मौका नपाएका सन्दीपले बिग बासमा भने पहिलो रोजाईमा स्थान बनाउन सक्ने अपेक्षा गरिएको छ । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *