What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

टी ट्वान्टी विश्वकप २०२२ को लागि नेपालले सिधैं ग्लोबल छनोट खेल्ने
What To Know
- ग्लोबल छनोट खेलहरु फेब्रुअरी २०२२ मा खेलाइनेछ । उक्त वर्ष नै अक्टोबर महिनादेखि १३ नोभेम्बरसम्म विश्वकप टी ट्वान्टी क्रिकेटको आयोजना हुनेछ । ग्लोबल क्वालिफायरमा १६ टोलीले स्पर्धा गर्नेछन् । १६ टोलीलाई दुई समूहमा विभाजन गरी दुबै समूहका उत्कृष्ट दुई दुई टोली विश्वकप टी ट्वान्टी क्रिकेट २०२२ को यात्रा तय गर्नेछ ।.
- जापानले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटको छनोट खेल आयोजना गर्नेछ । रिजनल लेभलमा कुल ६७ वटा अशोसिएट सदस्य राष्ट्र सहभागी हुनेछन् । रिजनल क्वालिफायरमा इस्ट एशिया र अफ्रिकाबाट सामान एक एक टोली ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछन् । अमेरिका र यूरोपबाट दुई दुई टोली र एशिया रिजनबाट दुई समूहमा हुने छनोट खेलबाट एक एक टोली ग्लोबल क्वालिफायरमा पुग्नेछन् ।.
काठमाडौं। सन् २०२२ को टी ट्वान्टी विश्वकपका लागि नेपालले सिधैं ग्लोबल छनोट खेल्ने भएको छ । टी ट्वान्टी विश्वकपको उक्त संस्करण अष्ट्रेलियाले सन् २०२२ को अक्टोबर र नोभेम्बर महिनामा आयोजना गर्नेछ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को बैठकले टी ट्वान्टी विश्वकप क्रिकेटको मार्गचित्र तय गरेको हो । सन् २०२२ को टी ट्वान्टी विश्वकपको १५ स्थानका लागि विश्वका ८६ राष्ट्र स्पर्धा गर्नेछन् । आयोजक राष्ट्र भएकोले अष्ट्रेलियाले छनोट खेल्नुपर्ने छैन् । बाँकीको १५ राष्ट्रमध्ये आईसीसीको टी ट्वान्टी विश्व वरियतामा शिर्ष स्थानमा रहने ११ टोली छनोट हुनेछ ।
१३ महिनासम्म चल्ने छनोट खेलमा चार चरणमा दुई सय २५ वटा खेल हुनेछन् । हंगेरी, रोमानिया र सर्बिया आईसीसी टी ट्वान्टी विश्वकप २०२२ मा स्थान सुनिश्चित गर्न पहिलो पटक छनोट खेल खेल्नेछ ।
आईसीसी टी ट्वान्टी वरियतामा अगाडि रहेको आधारमा नेपालसहित सिंगापुर, यूएई र जिम्बाबवेले सिधैं ग्लोबल छनोट खेल्ने भएको हो । नेपाल हाल आइसीसी टी ट्वान्टी वरियतामा १५ औं स्थानमा रहेको छ । जिम्बाबवे १२ औं, यूएई १३ औं तथा सिंगापुर २० औं स्थानमा छ ।
ग्लोबल छनोट खेलहरु फेब्रुअरी २०२२ मा खेलाइनेछ । उक्त वर्ष नै अक्टोबर महिनादेखि १३ नोभेम्बरसम्म विश्वकप टी ट्वान्टी क्रिकेटको आयोजना हुनेछ । ग्लोबल क्वालिफायरमा १६ टोलीले स्पर्धा गर्नेछन् । १६ टोलीलाई दुई समूहमा विभाजन गरी दुबै समूहका उत्कृष्ट दुई दुई टोली विश्वकप टी ट्वान्टी क्रिकेट २०२२ को यात्रा तय गर्नेछ ।
१६ टोलीमध्ये क्वालिफायर ए अन्तगर्त नेपाल, सिंगापुर, यूएई र जिम्बाबवे तथा आईसीसी टी ट्वान्टी विश्वकप २०२१ को पुछारमा रहने चार गरी आठ टोली रहनेछन् । त्यसैगरी, क्वालिफायर बी अन्तगर्त अफ्रिकाबाट एक, एशियाबाट दुई, अमेरिका रिजनबाट दुई, इएपीबाट एक तथा यूरोपबाट दुई गरी आठ टोलीबीच स्पर्धा भई उत्कृष्ट हुने दुबै समूहका दुई दुई गरी चार टोली विश्वकप टी ट्वान्टीको बाटो सुनिश्चित गर्नेछ ।
जापानले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटको छनोट खेल आयोजना गर्नेछ । रिजनल लेभलमा कुल ६७ वटा अशोसिएट सदस्य राष्ट्र सहभागी हुनेछन् । रिजनल क्वालिफायरमा इस्ट एशिया र अफ्रिकाबाट सामान एक एक टोली ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछन् । अमेरिका र यूरोपबाट दुई दुई टोली र एशिया रिजनबाट दुई समूहमा हुने छनोट खेलबाट एक एक टोली ग्लोबल क्वालिफायरमा पुग्नेछन् ।