संवैधानिक परिषदको बैठक साँझ ५ बजे पुनः बस्ने

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि मंगलबार बिहान बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री तथा परिषद् अध्यक्ष केपी शर्मा ओलीले साँझ ५ बजे बस्ने गरी बैठक स्थगित गर्नुभएको हो ।

प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना बैठकस्थल पुगे पनि सभामुख सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको हो ।

प्रधानमन्त्रीको अध्यक्षता रहने परिषद्मा प्रमुख प्रतिपक्ष दलको नेता, प्रधान न्यायाधीश, सभामुख, उपसभामुख र राष्ट्रिय सभा अध्यक्ष सदस्य हुन्छन् । संवैधानिक परिषद्सम्बन्धी ऐनमा बैठक बस्न ६ सदस्यीय परिषद्का कम्तीमा पाँच जना उपस्थित हुनै पर्ने प्रावधान रहेको छ ।

उपसभामुख पद अहिले रिक्त रहेकाले बैठकका लागि अहिले कायम रहेका पाँचै जना अनिवार्य उपस्थित हुनै पर्ने अवस्था छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोग, निवार्चन आयोगलगायत विभिन्न संवैधानिक आयोगमा ४५ सिटमा नियुक्तिका लागि परिषद्को बैठक राखिएको हो । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *