What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
दाेस्राे विवाह गर्न लागेकी अभिनेत्री श्वेताकाे स्टाटस : जीवनको नयाँ पानाहरुमा भुल्दै छु म..
What To Know
- काठमाडाैँ । अभिनेत्री श्वेता खड्काले साेमबार दाेस्राे विवाह गर्दैछिन् । धनगढीका विजयेन्द्रसिंह रावतसँग उनले सोमबार लगनगाँठो कस्न लागेकी हुन् ।.
- काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा विवाहको कार्यक्रम आयोजना गरिएको छ । विवाहकै दिन श्वेताले आफ्नो फेसबुक अकाउन्टमा आफ्नो मेहेन्दी कार्यक्रमका केही तस्बिर सार्वजनिक गरेकी छिन् ।.
काठमाडाैँ । अभिनेत्री श्वेता खड्काले साेमबार दाेस्राे विवाह गर्दैछिन् । धनगढीका विजयेन्द्रसिंह रावतसँग उनले सोमबार लगनगाँठो कस्न लागेकी हुन् ।
काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा विवाहको कार्यक्रम आयोजना गरिएको छ । विवाहकै दिन श्वेताले आफ्नो फेसबुक अकाउन्टमा आफ्नो मेहेन्दी कार्यक्रमका केही तस्बिर सार्वजनिक गरेकी छिन् ।
फोटो सेयर गर्दै उनले लेखेकी छिन्, ‘ मेहेन्दीको रङहरुसँगै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म..।’
कोरोनाको कहरका कारण विवाहमा दुबै तर्फका नजिकका सिमित व्यक्तिको मात्र उपस्थिती रहने बताइएको छ ।
चर्को आलोचनाकाबीच हुन लागेको विवाहमा मिडियालाई प्रवेश निषेध गरिएको छ ।
श्वेताको पहिलो विवाह नायक श्रीकृष्ण श्रेष्ठसँग भएको थियो । उनको क्यान्सर रोगका कारण २०७० सालमा मृत्यु भएको थियो ।







