नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनु भएको छ ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईका अनुसार भोलि बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको हो ।
केही समययता देशका विभिन्न ठाउँमा बढ्दै गएको राजावादीहरुको प्रदर्शनको विषयमा छलफल हुने जनाइएको छ । त्यसबाहेक समसामयिक राजनीतिक विषयबस्तु, कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचारलगायतका विषयमा छलफल हुनेछ ।
कुनै ठूला निणर्य लिनुपर्ने वा राष्ट्रिय एकता दर्साउनुपर्ने बेलामा सर्वदलीय बैठक बोलाउने प्रचलन छ ।
यसअघि भारतले लिपुलेकसहितको नयाँ नक्सा जारी गरेपछि गत वैशाख ३१ गते प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनु भएको थियो । ०००