नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

देशभर थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । नेपालमा आज थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशका बिभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा थप १ हजार २४ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको छ ।
त्यस्तै कोरोना संक्रमणका कारण थप १० जनाले ज्यान गुमाएका छन् । यो संगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५ सय ७७ पुगेको छ ।
नेपालका थप २ हजार २ सय ६ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा २ लाख २४ हजार ५३ कोरोनामुक्त भएका छन् ।
त्यस्तै हाल १४ हजार २ सय ५५ जना आइशोलेशनमा छन् भने ५ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन् । हालसम्म १७ लाख ७८ हजार २४ वटा कोरोना परिक्षण गरिएका छन् । ०००