नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

नेकपा बैठक : अध्यक्षद्वयको प्रतिवेदन स्थायी कमिटीमा लगिने
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रस्तुत अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको प्रतिवेदन स्थायी कमिटीमा लगिने भएको छ ।
शनिबार बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । पूर्व निर्धारित समयअनुसार भोलि आइतबार १ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।
पार्टीको संकट निवारणबारे स्थायी कमिटीमा नै छलफल गर्ने निष्कर्ष निकालिएको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । ०००