राजतन्त्र पुर्नस्थापनाको माग गर्दै राजधानीमा राजवादीको प्रदर्शन

काठमाडौँ । राजतन्त्र पुर्नस्थापनाको माग गर्दै राजावादीहरुले शनिबार काठमाडौंमा बृहत प्रदर्शन गरेका छन् ।

‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’ को आह्वानमा भएको प्रदर्शनमा सहभागीहरुले हातहातमा राष्ट्रिय झण्डा बोक्दै राजतन्त्र पुर्नस्थापनाको माग सहित नारा लगाएका थिए ।

पृथ्वीनारायण शाहको तस्वीर बोकेका उनीहरुले राजसंस्थाको स्थापना तथा संघीयता र धर्म निरपेक्षता खारेज गर्नुपर्ने नारा लगाएका छन् ।

प्रदर्शनमा सहभागीहरुले ‘गणतन्त्र धोका हो, संघीयता खारेज गरौँ, हिन्दु राष्ट्र कामय गर, मेची–काली के भन्छ नागरिक सरकार ल्याउ भन्छ, एमसीसी खारेज गरौँ जस्ता नारा लगाएका थिए ।

माइतीघरमा भेला भएका राजवादीहरुको जुलुस नयाँ वानेश्वरसम्म पुगेको थियो भने सो क्रममा ठूला संख्यामा सुरक्षाकर्मी परिचलन गरिएको थियो ।

समितिले आगामी फाुगन ७ गते काठमडौंबाट निर्णायक आन्दोलन गर्ने पनि जनाएका छन् । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *