एचआइभी एड्स समाजमा सामान्य बन्दै

सुनिल कार्की
पाल्पा । विश्व एड्स दिवस पाल्पामा विभिन्न कार्यक्रम गरि मनाईएको छ । नेपाल परिवार नियोजन संघ पाल्पा,स्वास्थ्य कार्यालय पाल्पा,प्रतिबद्ध समुह र नमुना एकिकृत विकास परिषद्को संयुक्त आयोजनामा दिवस मनाईएको हो ।

परिवार नियोजन संघ पाल्पा शाखाको सभा हलमा एक कार्यक्रममको आयोजना गरि दिवस मनाईएको हो । एचआइभी रोक तथा नियन्त्रणको लागि विश्वव्यापी एैक्यबद्धता तथा साझा जिम्मेवारी भन्ने मुल नाराका साथ दिवस मनाईएको हो ।

कार्यक्रमका प्रमुख अथिति स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले कुनै समय कोरोना भन्दा घातक मानिने एचआइभी एड्स अहिले समाजमा सामान्य बन्दै गएको र संक्रिमित समेत समाज खुल्दा समाज राम्रो सन्देश प्रवाहा भएको बताउनुभयो ।

प्रमुख न्यौपाने समाजमा अझै पनि कहि कतै संक्रमितलाई हेयको दृष्टिकोणबाट हेर्ने गरिएको भन्दै सामाज अझै सचेता आवश्य रहेको बताउनुभयो । यस्तै कार्यक्रमका अध्यक्ष शाखा प्रबन्धक शोभाकान्त न्यौपानेले पाल्पामा सबै एचआइभी एडेस संक्रिमित खुलेर हिडेको देख्दा आफुलाई निकै खुशी लागेको बताउनुभयो । शाखा प्रबन्धक न्यौपानेले संक्रमण बढ्न नदिन र भएकालाई रचनात्मक ज्ञान र आवश्यक परामर्श सहितको सेवा परिवार नियोजन संघ पाल्पाले दिई रहेको बताउनुभयो ।

कार्यक्रममा एचआईभी एड्स संक्रमितहरुले आफ्नो धारण राख्दै दिवस आफुहरुलाइ दशैं भन्द महत्वपुर्ण पर्व हुने गरेको भन्दै यस्त पर्वमा एक अर्कासँग अनुभव खुशी साट्न पाउदा निकै खुशी लागेको बताएका थिए ।

कार्यक्रममा एचआईभी एड्स संक्रमित,परिवार नियोजन संघका युवा समितिका सदस्यहरु,शाखाका कर्मचारीहरु,स्वास्थ्य कार्यालयका निमित्त प्रमख विश्वनाथ न्यौपाने, परिवार नियोजन संघ पाल्पा शाखाका प्रबन्धक शोभाकान्त न्यौपाने, लगायतको सहभागीता रहको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *