काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
नेपाली बजारमा सुनको मूल्यमा गिरावट
काठमाडाैँ । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा ७ सयले गिरावट भएको हो । बिहीबार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोवार भएको थियो ।
त्यसैगरी तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोवार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै चाँदी भने प्रतितोला एक हजार २१५ रुपैयाँमा कारोवार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २३० रुपैयाँमा कारोवार भएको थियो । बुधबारको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।