What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

राज्यकोषबाट धमाधम रकम बाँड्दै अाेली सरकार, कसले कति पाए ?
What To Know
- काठमाडाैँ । सरकारले मापदण्ड र आधारबिनै आफू निकटकालाई राज्यकोषबाट करोडाैँ रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ। ३ लाखदेखि २० लाख रुपैयाँसम्म सहायता वितरण गरिएको छ। आर्थिक सहायता कार्यविधिमा ५ लाखभन्दा बढी दिन पाइँदैन। मन्त्रालयगत तहबाट वितरण भएका रमम भने यसमा समावेश छैन।.
- मुख्य सल्लाहकार रिमालले आगामी मन्त्रिपरिषद् बैठकदेखि आर्थिक सहायता दिने क्रम रोकिने विश्वास व्यक्त गरे। ‘प्रधानमन्त्रीको निर्देशनअनुसार आर्थिक सहायता प्रस्ताव नल्याउन गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकिएको छ’, रिमालले भने। हाल गृह मन्त्रालयको प्रस्तावमा आर्थिक सहायता वितरण हुँदै आएको छ।.
काठमाडाैँ । सरकारले मापदण्ड र आधारबिनै आफू निकटकालाई राज्यकोषबाट करोडाैँ रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ। ३ लाखदेखि २० लाख रुपैयाँसम्म सहायता वितरण गरिएको छ। आर्थिक सहायता कार्यविधिमा ५ लाखभन्दा बढी दिन पाइँदैन। मन्त्रालयगत तहबाट वितरण भएका रमम भने यसमा समावेश छैन।
मन्त्रालयहरूले आफूनिकटका संस्थालाई दुई करोडभन्दा बढी रकम वितरण गरेका छन्। राज्यकोषबाट चार करोडभन्दा बढी रकम वितरण भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा सागर पण्डितले समाचार लेखेका छन् ।
पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले नौ महिनामा २९ करोड रुपैयाँ सहायता वितरण गर्दा सर्वत्र आलोचित भएको थियो। वर्तमान सरकारले पनि त्यही शृंखला दोहो¥याएको छ। महालेखा परीक्षक कार्यालयले कार्यविधिबाहिर गएर रकम वितरण गरेको भन्दै सरकारलाई सचेत गराएको थियो।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले आर्थिक सहायता दिने कार्य अब पूर्ण रूपमा नियन्त्रण गरिने दाबी गरे। ‘गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयको प्रस्तावमा गम्भीर बिरामी भएकालाई केही रकम दिइएको हो। अब प्रधानमन्त्रीले रोक्न निर्देशन दिइसक्नुभएको छ।’
मुख्य सल्लाहकार रिमालले आगामी मन्त्रिपरिषद् बैठकदेखि आर्थिक सहायता दिने क्रम रोकिने विश्वास व्यक्त गरे। ‘प्रधानमन्त्रीको निर्देशनअनुसार आर्थिक सहायता प्रस्ताव नल्याउन गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकिएको छ’, रिमालले भने। हाल गृह मन्त्रालयको प्रस्तावमा आर्थिक सहायता वितरण हुँदै आएको छ।
कसले कति पायाे रकम
-इन्दिरा तिम्सिना, तनहुँ -७ लाख
-अखिल नेपाल कवडी संघ – १५ लाख
-युवा संघ नेपाल – २५ लाख
-टेकनाथ रिजाल – १० लाख
-भम्पा राई, झापा – १० लाख
-अमिषा बस्नेत, झापा- २० लाख
-देवीप्रसाद बराल, झापा – ३ लाख
-लक्ष्मीप्रसाद सुहाङ, पाचथर – १ लाख
– रविन सुनुवार – ३ लाख
-अनुप खिमिङ ताप्लेजुङ- ३ लाख
-ताराहाङ लिम्बू ताप्लेजुङ- ३ लाख
-डिलबहादुर नेपाली, पूर्वसांसद – ५ लाख
-हरिशरण लामिछानेका परिवारलाई – १० लाख
-जुगल सुब्बा धरान – ५ लाख
-भिमाङ तेम्बे इलामा – १२ लाख
-नरेन्द्रराज पोख्रेल धनगढी – ६ लाख
-खगेन्द्र चुडाल झापा – १५ लाख
-श्रीचन्द्र शर्मा हेटौंडा – १० लाख
-मन्त्री मातृका यादव- ५ लाखभन्दा बढी
-वैद्यनाथ धाम अछाम – २० लाख
-लब प्रधान, विराटनगर – १० लाख
-विश्वेश्वरा दाहाल – ७ लाख
-महन्थ ठाकुरलाई भारतमा लागेको सबै उपचार खर्च बेहोरेको
– धुर्मुसस-सुन्तली फान्डेशन – ६९ लाख ८६ हजार
-मोदनाथ प्रश्रित, वासुदेव त्रिपाठी, निरञ्जन चापागार्इं र मञ्जु काँचुलीलाई आजीवन भत्ताका लागि ४५ लाख २५ हजार दिने निर्णय