धनी बन्न हातमा हुनुपर्छ यस्तो चक्र

हस्तरेखा विज्ञानमा विश्वास गर्ने हो भने सबै कुरा हातले नै निर्धारण गर्छ । हस्तरेखाहरु मानव जन्मदा नै तयार भएर आएका हुन्छन् । हस्तरेखा विज्ञानले भन्छ मानिसको सबै कुरा हातले निर्धारण गर्ने बताउछ । यी रेखा हाम्रो जन्मकै क्रममा बन्ने र यिनको प्रभाव जीवनभर रहने बताइन्छ । हामी धनी हुने व्यक्तिका हातका रेखा कस्ता हुन्छन् भन्ने बिषयमा चर्चा गर्न लागेका छौ । समुन्द्रशास्त्रका अनुसार जुन व्यक्तिको हातका औंलामा जौ जस्तो चिन्ह हुन्छ, त्यस्ता व्यक्ति निकै धनी र सुखी हुने वताइन्छ । समाजमा प्रतिष्ठित हुने र राजनीतिमा लागे सफल राजनीतिज्ञ समेत हुने हस्तरेखाले जनाउछ ।

शंखको चिन्ह
अध्यात्मको दृष्टिले हातमा शंखको चिन्न हुनु निकै राम्रो मानिन्छ । यस्ता चिन्ह भएका व्यक्ति बुद्धीमानि हुने बताइन्छ । जुन व्यक्तिको चारओटा औंलामा शंखको चिन्ह छ त्यस्ता व्यक्तिको सरकारी उच्च

पद प्राप्त गर्ने सम्भावना रहन्छ । त्यस्तै ५ औंलामा यस्तो चिन्ह हुनेले विदेश यात्रामा निस्कन पाउछ । साथमा विदेशमा राम्रो धन आर्जन गर्न सक्छ । जसको ६ वटा औंलामा शंख चिन्ह छ भने उ धर्मकर्ममा विश्वास राख्ने हुन्छ । साथमा उनीहरु आध्यात्मिक प्रवचनमा पनी तिक्ष्ण मानिन्छन् । १० ओटै औंलामा शंख हुने व्यक्ति माहात्मा हुन्छ भने ८ वटामा शंख हुने सुखी र धनी हुन्छन् ।

शंखको औला अनुसार फलः-

१)बुढी औठामा बाँया घुमेको शंख भएमाः- जातकले आफ्नो जीवनकालमा धेरै हानी नोक्सानी र कठिनाईको सामना गर्नुपर्दछ, साथै भावि आउने वाला समस्या र कस्ट द्वारा निराश हुन्छ ।

खं) औठामा दाया घुमेको शंख छ भने :-यस्ता व्यक्तिहरू भाग्यशाली र धनी हुन्छन् ।
२ क) बायाँ घुमेको शंखको चिन्ह तर्जनी औलामा भएमाः-जातकले आफ्ना इस्ट मित्रबाट धन र मान सम्मानको हानि नोक्सानी बेहोर्नु पर्दछ । खर्)तर्जनी औलामा दाँया घुमेको शंख छ भने :-त्यस्ता व्यत्तिले सामान्य जीवन यापन गर्ने हुन्छन् ।

३)मध्यमा औलाको टुप्पोमा दाँया घुमेको शंख भएमाः- जातकलाई धन पैसाको कुनै कमि हुँदैन र जातक धार्मिक विचारको स्वामी हुन्छ ।
४)अनामिका औलामा दाँया घुमेको शंख भएः- यस्ता व्यक्तिको संचित धन पैसाको नस्ट हुन्छ ।

५)कनिष्ट कान्छी औलाको अग्र भागमा शंख छ भने :जातकले आफ्नो व्यापार व्यवसायद्वारा धेरै धन पैसा कमाउछ ।

चक्रको चिन्ह
हस्त रेखामा हातमा हुने चक्रका बारेमा पनि चर्चा हुने गर्छ । जसको १० ओटै औंलामा चक्र छ, त्यस्ता व्यक्तिले संसार जित्न सक्छन् । त्यसैगरी एउटा मात्र चक्रहुने व्यक्ति विद्धान हुन्छन् भने २ वटा चक्र हुने सुन्दर देखिन्छन् । त्यसैगरी ३ ओटा चक्रहुनेहरु सुखी र भेग विलासमा रमाउने स्वभावका हुन्छन् ।

‘अात्मविश्वास राख्नुहाेस्, मेहनत गर्नुहाेस् अाफ्नाे भाग्य अाफै बदल्न सकिन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *