नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

कमल थापा भन्छन्, देशको नाम अगाडी विशेषण जोड्न आवश्यक छैन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको नाम ‘नेपाल’ अगाडि विशेषण जोड्न आवश्यक नभएको बताउनुभएको छ ।
अध्यक्ष थापाले ट्वीट गर्दै भन्नु भएको छ ‘संघीयता र गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको होइन, प्राचिनकालदेखि हाम्रो देशको नाम ‘नेपाल’ हो । नामको अगाडि कुनै विशेषण जोड्नु आवश्यक थिएन । सरकारको निर्णय ठिक छ ।’
उहाँले सामाजिक सञ्जाल ट्विटरमा लेख्नुभएको छ ‘नामअगाडि रहेका विशेषण हटाउँदा षडयन्त्र भएको ठान्नेहरूको मनस्थितिबाट प्रष्ट हुन्छ, ती मान्यता कति कमजोर धरातलमा खडा गरिएको रहेछ ।’
संघियता/गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको होईन,प्राचिनकालदेखि हाम्रो देशको नाम ‘नेपाल’ हो।नामको अगाडी बिशेषण जोड्नु आबश्यक थिएन।सरकारको निर्णय ठीक छ।नाम अगाडी रहेका बिशेषण हटाउंदा षडयन्त्र भएको ठान्नेहरूको मनस्थितिबाट प्रष्ट हुन्छ-ति मान्यता कति कमजोर धरातलमा खडा गरिएको रहेछ
— Kamal Thapa (@KTnepal) November 6, 2020
सरकारको निर्णयको विषयलाई लिएर सामाजिक सञ्जलमा विभिन्न खाले टिप्पणीहरु आइरहेका छन् । ०००