बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

देशको नाम ‘संघीय लोकतान्तिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णयप्रति पूर्वप्रधामन्त्री भट्टराईको आपत्ति
काठमाडाैँ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले मन्त्रिपरिषद्बाट देशको नाम ‘संघीय लोकतान्तिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेकोप्रति आपत्ति जनाउनुभएको छ ।
असोज ११ गतेको मन्त्रिपरिषद् बैठकबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय भएको थियो । सोही निर्णयअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा ‘सघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न मातहत निकायमा परिपत्र जारी को थियो ।
संयुक्त राष्ट्र संघमा देश/राज्यका नाम उनीहरूको संविधान/राज्यप्रणाली अनुरूप हुने आम प्रचलन हो।सोही अनुसार नेपालको नाम “Federal Democratic Republic of Nepal” रहेकोमा ओली सरकार किन पछि हटेको हो? यो स्वीकार्य छैन! दालमा कालो छ है! सबैले प्रतिवाद गरौं! खबरदार!!https://t.co/gcyvOLSOQr
— Baburam Bhattarai (@brb1954) November 6, 2020
शुक्रबार सामाजिक सञ्जालमा भट्टराईले, ’संयुक्त राष्ट्र संघमा देशरराज्यका नाम उनीहरूको संविधान र राज्यप्रणाली अनुरूप हुने आम प्रचलन हो । सोही अनुसार नेपालको नाम “Federal Democratic Republic of Nepal” रहेकोमा ओली सरकार किन पछि हटेको हो ? यो स्वीकार्य छैन ! दालमा कालो छ है ! सबैले प्रतिवाद गरौं ! खबरदार !!’ लेख्नुभएको छ ।