बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

कोरोना संक्रमणको चपेटामा काठमाडौँ उपत्यका
काठमाडौँ । नेपालमा शुक्रबार थप २९ सय ९ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप २ हजार ९ सय ९ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ३३८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार थपिएकामा ५७० महिला र ७६८ जना पुरुष रहेको जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३० जना, भक्तपुरमा १२१ जना र ललितपुरमा १८७ जना गरी उपत्यकामा कुल १ हजार ३३८ जना कोरोना संक्रमित थपिएका हुन् ।
त्यस्तै कोरोनाका कारण थप १८ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ ।
शुक्रबार थप ४ हजार ५ सय जना संक्रमित निको भएका छन् । हालसम्म १ लाख ५२ हजार ९ सय ८ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
हाल सक्रिय संक्रमितको संख्या ३४ हजार ९ सय ५ गरेको छ । त्यस्तै क्वारेन्टाइनमा १२ सय ५४ जना रहेका छन् ।
हालसम्म १५ लाख १७ हजार ३ सय ४३ वटा पिसिआर गरिएको मन्त्रालयले जानकारी दिएको छ । ०००