नेपालमा एकैदिन ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा बिहीबार थप ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा १५ सय ६१ महिला र २ हजार ८ सय ३ पुरुष गरि थप ४ हजार ३ सय ६४ जनामा कोरोना पुष्टि भएको हो । यो एकैदिन देखिएको अहिलेसम्मकै सर्वाधिक बढी सङ्ख्या हो । त्यस्तै काठमाडौं उपत्यकामा थप २ हजार ५ सय ४० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो । मन्त्रालयका अनुसार काठमाडौंमा ७ सय ९९ महिला र १२ सय ८६ पुरुष गरि २ हजार ८५ जना, भक्तपुरमा ६९ महिला र ६६ पुरुष गरि १३५ जना र ललितपुरमा १२४ महिला र १९६ पुरुष गरि ३२० जनामा कोरोना देखिएको हो । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ । त्यस्तै बिहीबार २६ सय ७५ जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

त्यस्तै होम आइशोलेशनमा १४ हजार ९६७ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ११ हजार ७१७ जना रहेका छन् । क्वारेन्टाइनमा ४ हजार ४६० जना रहेका छन् । त्यस्तै हालसम्म ११ लाख ३१ हजार ९५८ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ । ०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *