नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

काठमाडौं उपत्यकामा २५४० जनामा कोरोना संक्रमण
काठमाडौं । काठमाडौं उपत्यकामा थप दुई हजार ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २०८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ कोरोना संक्रमण पुष्टि भएको हो । जसअनुसार काठमाडौंमा ७९१ महिला र १२८६ पुरुष, ललितपुरमा १२४ महिला र १९६ पुरुष र भक्तपुरमा ६९ महिला र ६६ पुरुष रहेका छन् ।
यसअघि बुधबार काठमाडौंमा १२९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ गरी एक हजार ६८४ कोरोना संक्रमित थपिएका थिए ।