खुल्यो डिभी, आजदेखि फारम भर्न सकिने (भर्ने तरिका सहित)

काठमाडौं । सन् २०२२ को डाइभर्सिटी भिसा डिभीका लागि आजदेखि फारम भर्न सकिने भएको छ । नेपालमा रहेको अमेरिकी दूतावासका अनुसार यसको समयसीमा २०७७ कार्तिक २५ (नोभेम्बर १०) सम्म तोकिएको छ ।

डीभीको आवेदन निःशुल्क आफैले भर्न सकिन्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने छ । फाराम भर्नका लागि आधिकारिक वेबसाइट http://www.dvlottery.state.gov मा गएर निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ ।

दूतावासले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिनसमेत आग्रह गरेको छ । डिभीको लागि  आवेदन दिँदा कुनै पनि शुल्क तिर्न नपर्ने दूतावासले जानकारी गराएको छ।

आवेदनमा आफ्ना पति/पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानको विवरण राख्नुपर्छ।

फर्म भर्दा फोटो भने हालसालै खिचिएको हुनुपर्ने छ अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ । सबै विवरणसहित फर्म भरेर सबमीट गरिसकेपछि कन्फर्मेसन नम्बरसहितके पत्र प्रिण्ट  गर्नुपर्छ जसको आधारमा डिभी परेनपरेको थाहा पाउने माध्यम हो।

डि.भी. का लागि छनोटमा परे/नपरेको थाहा पाउनको लागि कुनै फोन र इमेल नअाउने र त्यस्ता हल्लाका पछाडि नलाग्न दूतावासले सचेत गराएके छ।

डि.भी. कार्यक्रमसम्बन्धी थप जानकारीका लागि www.dvlottery.state.gov वा काठमाडौंस्थित अमेरिकी दूतावासको  वेबसाइट https://np.usembassy.gov/visas/immigrant-visas जान दूतावासले सल्लाह दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *