प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी र नाम लुम्विनी कायम

बुटवल । प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्विनी कायम भएको छ ।

मंगलबार प्रदेशसभा बैठकमा पेस भएको प्रदेशको स्थायी राजधानी दाङ र नाम लुम्विनी राख्ने प्रदेश सरकारको आन्तरिक कार्यविधिसम्बन्धी प्रस्ताव दुईतिहाइले पारित भएको हो ।

स्थायी राजधानीका लागि प्रदेशसभामा भएको मतदानमा बैठकमा उपस्थित ८२ मध्ये राजधानी दाङ कायम गर्ने पक्षमा ६९ मत खसेको थियो । विपक्षमा १३ मत परेको छ । यससँगै दाङको राप्ती र गढवा गाउँपालिकाको क्षेत्रलाई प्रदेश ५ को राजधानी कायम गरिएको छ ।

प्रदेशसभाका सभामुख पूर्ण घर्ती मगरले अस्थायी राजधानी बुटवलको संसद भवनबाट दाङको भालुवाङ दुईतिहाइ बहुमतले स्थायी राजधानी कायम भएको घोषणा गर्नुभएको थियो ।

त्यस्तै प्रदेशको नाम लुम्बिनी कायम गर्न भएको मतदानमा ८३ जना सांसद उपस्थित भएका थिए । सभामुख पूर्ण घर्तीले लुम्बिनी नाम कायम गर्ने पक्षमा ७९ र विपक्षमा ४ मत खसेको जानकारी दिनुभयो । उहाले लुम्बिनी प्रदेश नाम दुईतिहाइ बहुमतले पारित भएको घोषणा गर्नुभयो ।

प्रदेश ५ को प्रदेशसभामा ८७ जना सांसद रहेका छन् । जसमा नेकपाका मात्र ६१ जना छन् । कांग्रेसका १९ सांसद, जनता समाजवादीका ६, राष्ट्रिय जनमोर्चा १ जना सांसद छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *