बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

सुनकाे मूल्य घट्याे
काठमाडाैँ । स्थानीय बजारमा सुन तथा चाँदीको मूल्य आइतबार घटेको छ । आइतबार सुन तोलामा ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार, सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी चाँदी पनि आइतबार तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार १५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबार चाँदी तोलामा ४० रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार १६० रुपैयाँ तोकिएको थियो ।