मजाक–मजाक मै आइपुग्यो रेल, एउटा रेलमा एकैपटक १३ सयले यात्रा गर्न सक्ने

काठमाडौँ । नेपालले भारतसँग किनेका दुईटा रेल शुक्रबार दिउँसो नेपाल आइपुगेका छन् । भारतको जयनगरबाट छुटेका दुई रेल जनकपुर आइपुगेका हुन् ।

नेपाल आफैंले किनेका दुई रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर आइपुगेको नेपाल रेल्वे कम्पनीले जानकारी दिएको छ । नेपाल आइपुगेका दुवै रेल ५–५ डिब्बाका हुन् । एउटा रेलमा एकैपटक १३ सय जनाले यात्रा गर्न सक्छन् ।

नेपालले जयनगर–जनकपुरको ३४ किलोमिटर खण्डम सञ्चलन गर्ने गरी दुई रेल नेपाल भित्रिएका हुन् । नेपाल सरकारले चेन्नईको कोंकर्ण रेल्वे कर्पोरेसनसँग किनेको दुई वटा रेल नेपाल भित्रिएको भएपनि कोरोना भाइरसका कारण नियमित सेवा भने तत्काल नहुने नेपाल रेल्वे कम्पनीले जानकारी दिएको छ । रेल औपचारिक रूपमा नेपाल भित्रिएको र अहिले स्वागत मात्रै गरिएको रेल विभागको भनाइ छ ।

दशैं अगाडि नै नियमित रूपमा रेल सञ्चालनका लागि भारतसँग छलफल गरी आवश्यक मोडालिटी तय गर्ने काम रेल विभागले गरिरहेको छ । भारत सरकारको सहयोगमा बनेको जयनगर–जनकपुर–बर्दिबासको६९ किलोमिटर अन्तर्गतको पहिलो खण्डको रेलमार्गमा रेलसेवा सञ्चालन हुनेछ ।

पहिलो चरणमा जयनगर–जनकपुरमा रेल सञ्चालन गरिन लागेको हो । राणा शासनका बेला विक्रम संवत १९८४ मै भारतको जयनगरदेखि बिजलपुरासम्म नेपालको पहिलो रेल सेवा सञ्चालन गरिएको थियो ।०००

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *