उपत्यका भित्रने नाकामा सेना परिचालन गर्नुपर्ने निष्कर्ष

काठमाडौँ । काठमाडौं उपत्यकाको नगरपालिका फोरमले उपत्यका भित्रने नाकाको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिनुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार काठमाडौंमा बसेको बैठकपछि पत्रकार सम्मेलन गर्दै फोरमले नाकामा उच्च सर्तकता र कडाईन गर्न नेपाली सेनालाई जिम्मेवारी दिनुपर्ने निष्कर्ष निकालेको हो ।

नेपाल प्रहरी शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका काममा समेत सहभागी हुनुपर्ने भएकाले सेनालाई जिम्मेवारी दिनुपर्ने ठहर गरिएको फोरममा सचिव तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । बैठकले तत्कालका लागि सार्वजनिक यातायातलाई सञ्चालन गर्न नहुने निष्कर्षपनि निकालेको छ भने नीजि सवारीसाधान सञ्चालन गर्दा जोरबिजोर प्रणाली लागू गर्नुपर्ने जनाएको छ ।

त्यस्तै उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदा सुरक्षा सतर्कता र स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनमा कडाइ गर्नुपर्ने ठहर गरिएको मेयर श्रेष्ठले बताउनुभयो । त्यस्तै फोरमले बिहिवारदेखि उपत्यकाको वडा कार्यालयबाट सेवा सञ्चालन गर्ने निर्णय पनि उहाले बताउनुभयो ।

त्यस्तै सरकारबाट शिक्षक मिलान गर्ने कार्य भइरहेको सन्दर्भमा फोरमको ध्यानाकर्षण भएको भन्दै उपत्यकामा बिषयगत आधारमा शिक्षकहरुको अनुपात कायम गर्नुपर्ने ठहर गरिएको उहाले जानकारी दिनुभयो ।

फोरमको बैठकले सरकारले स्थानीय सरकार सञ्चालन ऐन संसोधन गर्न लागेकाले त्यसका लागि सुझाव दिन कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाको संयोजकत्वमा पाँच सदस्यीय कार्यदलसमेत गठन गरेको श्रेष्ठले जानकारी दिनुभयो । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *