What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
सीपीएलमा सन्दिप खेलेको टिमको पहिलो हार
What To Know
- ट्रिनिडाड एन्ड टोबेगोमा आज बिहान भएको खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको हो । ब्रायन लारा क्रिकेट स्टेडियममा जमैकाले दिएको १ सय ३६ रनको चुनौती ट्रिनबागोले १८ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।.
- सन्दीपले ४ ओभरमा ३० रन खर्चिएर एक विकेट लिएका हुन् । सन्दीपले आक्रमक ब्याटिङ गरिरहेका नारानलाई कार्लोस ब्रेथवेटको हातबाट क्याच गराएका थिए । पहिलो खेलमा समेत सन्दीपले एक विकेट लिएका थिए । यसअघि पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो ।००००.
काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टि–टेवन्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको टोली जमैका तलाबाजले पहिलो हार व्यहोरेको छ ।
ट्रिनिडाड एन्ड टोबेगोमा आज बिहान भएको खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको हो । ब्रायन लारा क्रिकेट स्टेडियममा जमैकाले दिएको १ सय ३६ रनको चुनौती ट्रिनबागोले १८ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
ट्रिनबागोका लागि सुनिल नारानले ५३ रनको अर्धशतकीय पालो खेल्दा कोलिन मुन्रोले अविजित ४९ रन बनाए । यस्तै डरेन ब्राभोले १४ तथा कप्तान केइरन पोलार्डले अविजित ५ रन बनाए । जमैकाका सन्दीप लामिछाने, फिडेल एडवार्ड र मुजिब उर रहमानले १–१ विकेट लिए ।
सन्दीपले ४ ओभरमा ३० रन खर्चिएर एक विकेट लिएका हुन् । सन्दीपले आक्रमक ब्याटिङ गरिरहेका नारानलाई कार्लोस ब्रेथवेटको हातबाट क्याच गराएका थिए । पहिलो खेलमा समेत सन्दीपले एक विकेट लिएका थिए । यसअघि पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो ।००००






