संघीय राजधानी काठमाडौँ सहर फेरि सुनसान

काठमाडौँ । कोरोना भाइरसको संक्रमण महामारी नियन्त्रण तथा रोकथाम गर्न काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाको दोस्रो दिन आज पनि बिहानैदेखि सुनसान छ ।

संक्रमण तीव्र बढ्ने सम्भावना देखिएपछि जारी निषेधाज्ञाको केही अपवाद छोडेर नागरिकले पनि पूर्णतः पालना गरेका छन् भने सरकारले पनि प्रभावकारी कार्यान्वयन गराएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका मुख्य सडक, चोक, गल्ली र बस्तीमा चहलपहल शूून्य बनेको छ ।

बुधबार राति १२ बजेबाट उपत्यकामा निषेधाज्ञा जारी गरिएको हो । कतिपय स्थानमा दैनिक उपयोगका सामग्री किनमेलका लागि समेत समस्या परेको छ । महानगरीय प्रहरी कार्यालयका अनुसार निषेधाज्ञा कार्यान्वयनमा कडाइ गरिएको छ । सुरक्षाकर्मी सबेरै ४ बजे सडकमा परिचालन गरी निषेधाज्ञा उल्लङ्घन गर्नेलाई स्थलगत कारबाही गरिएको छ ।

हिजो जस्तै आज पनि बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । हिजो अटेर गरि फाट्टफुट्ट रुपमा सवारी चलाएका र अनावस्यक बाहिर लखर लखर डुल्नेहरुलाई प्रहरीले छोपेर टन्टलापुर घाममा २ घण्टा होल्डिङ जोनमा राखेपछि आज भने केही त्यसरी हिड्नेहरु कम देखिएका छन् । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *