काेराेनाबाट एकैदिन ६ जनाकाे मृत्यु, ७ सय ७ संक्रमित थपिए

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।  दुई महिला र चार पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

काठमाडौंमा एक महिला, मकवानपुर र सप्तरीमा एक एक पुरुष र पर्सा जिल्लामा एक महिला र दुई पुरुषको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । योसँग नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एकसय २६ पुगेको छ ।

यस्तै, कोरोना भाइरसका सातसय सातजना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १ सय ९२ महिला र ५ सय १५ जना पुरूषको कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता गौतमले थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको सङ्ख्या २९ हजार ६ सय ४५ पुगेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका छन् ।

बिहीबार देशका विभिन्न जिल्लामा रहेका अस्पतालबाट २६४ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म १७ हजार ७६८ जना संक्रमित निको भएर घर फर्किएका छन् । ०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *