निषेधाज्ञा जारीपछि यस्तो देखियो काठमाडौँ फोटोफिचर

काठमाडौँ । काठमाडौँमा निशेधाज्ञा गरिएको पहिलो दिन अत्यावश्यक काम बाहेक बाहिर निस्कने एक हजार १७० जना मानिसलाई प्रहरीले दुई घन्टा टन्टलापुर घाममा उभ्याएर छोडेको छ ।

त्यस्तै, अनावश्यक बाहिर निस्किएका ६ सय ९२ वटा दुई पाङग्रे र १९५ वटा चार पांङग्रे सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी प्रभागका प्रवक्ता एसएसपी शुसिलकुमार यादवले काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा निषेधाज्ञाको पूर्ण रुपमा पालना भएको जानकारी दिनुभयो ।

निषेधाज्ञामा पनि बाहिर हिडडुल गर्ने काठमाडौका ४ सय ३७ जना, ललितपुरका ४९८ जना र भक्तपुरमा २३५ जनालाई नियन्त्रणमा राखेको हो । उपत्यकाको सडकमा मात्रै निशेधाज्ञाको पूर्ण रुपमा कार्यान्वयन गराउन ३३ सय प्रहरी परिचालन भएको एसएसपी यादवले जानकारी दिनभुयो ।

उपत्यकामा भदौ ४ गतेदेखि १५ गतेसम्मको लागि जारी गरेको निषेधाज्ञा पहिलो दिन बिहीबार काठमाडौ, भक्तपुर र ललिलपुरमा पुर्णरुपमा पालना गराउन प्रहरी सकृय भएको उहाँले बताउनुभयो । काठमाडौंका मुख्य सडक तथा शाखा सडकहरुमा अतिआवश्यक कामका बाहेक अन्य सवारी साधनहरु संचालन भएका छैनन् ।

उपत्यकामा प्रवेश गर्ने साँगा, थानकोट नाकामा निक्कै कडाइ गरिएको प्रहरीले जनाएको छ । पहिलो दिने भएकाले निषेधाज्ञा उल्लंघन गर्नेलाई सरुवा रोग संक्रमण ऐन २०२० अनुसार कारवाही गरिने एसएसपी यादवले जानकारी दिनुभयो । ०००

सबै तस्विर / रासस

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *