बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

सुनको भाउ घट्यो
काठमाडौं । पछिल्लो साता अप्रत्याशित रुपमा बढेर तोला भाउ लाख रुपैयाँ नाघेको सुनको मूल्यमा सामान्य गिरावट आएको छ । यो साताको पहिलो दिन आइतबार तोलामा ९ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलाको भाउ एक लाख दुई हजार ६ सय रुपैयाँमा झरेको छ । अन्तर्राष्टिय बजारमा आइतबार १८ डलरले भाउ घटेपछि स्थानीय बजारमा पनि केही सस्तो भएको महासङ्घले जनाएको छ ।
शुक्रबार सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको १ लाख ३ हजार ५ रुपैयाँ पुगेको थियो । यस्तै आइतबार चाँदीको भाउ बढेर तोलामा ५ रुपैयाँ बढेर तोलाको १४ सय १० रुपैयाँ पुगेको छ ।