यी हुन् छमछमी नाचौँ–नाचौँ लाग्ने तीज गीत

काठमाडौँ । तीज नेपाली हिन्दु नारीहरुले मनाउने एक प्रमुख पर्व हो । तीजमा पतिको दीर्घायुको कामना गरे बर्त बस्ने मात्र होइन चेलीले आफ्नो बेदना पोख्ने चाड पनि हो । परायाका घर गएकी छोरी चेली माइतीमा आएर आफ्ना दुःख बेदना सुनाउने वा माइती घर जान नपाएकी चेलीले गीत मार्फत आफ्ना बह पोख्ने पुरानो चलन हो । तर आजभोलि समयसँगै तीज मनाउने शैली र त्यसको खास मौलिकता हराउँदै गएको छ ।

समयक्रमसँगै तीज गीतका भाका र ताल पनि बदलिएका छन् । वर्षेनी उच्छृङ्खल गीतहरुको लहड बढी हुँदै गइरहेको छ । अधिकांश गीतमा यौवनको मातका मात्रै चर्चा हुने गरेको पाइन्छ । कतिपय गीत त रत्यौलीमा गाइने छाडा गीत भन्दा कम छैनन् । कति गीत भने सन्देशमूलक पनि छन् ।

तर यहीबीच पनि केही गीतका भाका भने साह्रै रमाइला र छमछमी नाचौँ नाचौँ लाग्ने पनि छन् । युग सुहाउँदो र तीजका भाकाको मर्म नमर्ने गरी तयार गरिएका म्युजिक भिडियो युट्युवतिर पनि खुबै रुचाइएका छन् ।

हेरौँ यो वर्षका केही तीज गीत

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *