निद्रा नलाग्ने समस्या सुधार गर्ने केही तरिका

काठमाडाैँ । अनिद्रा हामीले सोचेजस्तो भयावह पनि छैन । हार्मोनको गडबडीले हुने विशिष्ट रोग लागेको बाहेक अन्यका लागि निद्रालाई पुनःपहिलेकै अवस्थामा ल्याउन सकिन्छ तर मिहिनेत त रोगीले नै गर्नुपर्छ ।

राति मिठो निद्रा लाग्यो भने बिहान उठेपछि मुड फ्रेस हुन्छ, एक किसिमको आनन्दको अनुभूति हुन्छ , आहा ! कति मिठो निद्रा भन्ने र दिनभरी आफ्नो काममा जुट्ने जाँगर चल्छ । हुन पनि दिनभरीको कामको थकाइलाई मेट्न, शरीरलाई आराम दिन र शरीरलाई तन्दरुस्त राख्न निद्रा धेरै महत्वपूर्ण छ ।

निद्रा नलाग्ने समस्या लिएर अस्पताल, नर्सिङ होम वा क्लिनिक धाउने मानिस सायद प्रशस्तै छन् । कतिजनाले त औषधि पसलबाटै निद्राको औषधि खाएको, त्यसले काम नगरेपछि मात्र जँचाउन आएको भन्ने कुरा पनि बताउछन् । निद्रा नलाग्ने समस्याले मुख्य त दुइवटा डर उनी हरुमा भएको मैले पाएं । पहिलो, यो कुनै नराम्रो रोगको लक्षण हो कि ? भन्ने डर र दास्रो निद्राको औषधि खाएपछि सधैंभरी खाने बानी पर्छ त्यसकारण खानुहुदैन भन्ने डर ।

जहाँसम्म कुनै रोग लागेर हो कि मलाई यस्तो भएको भन्ने डर हँुंदा पनि निद्राको समस्या हुन सक्छ, रोग लाग्दा चिन्ता, दुखाई, डर, मानसिक तनाव आदि कारणले निद्रा नलाग्न सक्छ । कुनै रोग नलाग्दा पनि विभिन्न कारणले मानसिक तनाव हुने र त्यसका कारण निद्रा नलाग्ने हुन सक्छ । यी बाहेक लामो हवाई यात्रा गरेर आफू बसेको ठाउँं र नयाँं ठाउँंको समयमा धेरै फरक भए पनि केहि दिन निद्रा लाग्न कठिन हुन्छ । निद्रा नलाग्ने समस्या पनि विभिन्न किसिमका हुन्छन् । बेलुका सुत्न लागेपछि १÷२ घण्टासम्म निद्रा नलाग्ने या २ देखि ३ घण्टा निदाएपछि निद्रा खुल्ने र फेरी निद्रा नलाग्ने । राती निद्रा खुले पनि फेरी निद्रा लाग्छ भने यो कुनै समस्या पनि होइन ।

कति घण्टा सुत्नु राम्रो हुन्छ भन्ने कुरा गर्दा कसैलाई ६ घण्टा सुत्दा निद्रा पुग्दो रहेछ र कसैलाई ९ घण्टा सुत्नु पर्दो रहेछ । तर प्रायःजसोलाई सात घण्टा सुत्दा निद्रा पुग्छ अर्थात हरेक व्यक्तिमा निद्राको आवश्यकता फरक फरक हुन सक्छ । औसतको कुरा गर्दा सात घण्टा सुत्नु राम्रो हुन्छ । त्यस्तै गरेर भर्खरै जन्मेको बच्चा अधिकांश समय निदाएको हुन्छ भने केटाकेटिलाई पनि निद्राको आवश्यकता बढी हुन्छ ।

यदि कुनै रोग नलाग्दा पनि निद्रामा समस्या देखिएको हो भने निम्न तरिका अवलम्बा गर्दा निद्रामा सुधार आउनेछ ।

दिउसो के गर्ने र के नगर्ने

  • दिउँसो नसुत्ने, दिउसो केही समय मात्र सुत्यो भने पनि राति छिटो निद्रा लाग्दैन ।
  • बिहान र बेलुकाको समयमा केहि शारीरिक परिश्रम गर्ने यसले शरीरमा स्पूर्ति जगाउँछ ।
  • कफी कडा चिया वा कोकाकोला जस्ता पदार्थहरु बेलुका नपिउने ।

राति सुत्न जानुभन्दा पहिले के गर्ने र के नगर्ने ।

  • छिटो सुत्न नजाने ।धेरै छिटो सुत्न गयो भने गहिरो निद्रा पर्दैन र बेलाबेलामा निद्रा खुल्ने गर्दछ ।सुत्न जाने उपयुक्त समय भनेको रातीको १० बजे देखि साढे १० बजे सम्म हो ।
  • निदाउनका लागि मदिरा नपिउने ।रक्सी पिउने गर्दा पनि गहिरो निद्रा नपर्ने र बेलाबेलामा निद्रा खुल्ने गर्दछ ।
  • सुत्न जानु भन्दा पहिला चुरोट ÷सुर्ति सेवन ग¥यो भने मस्तिस्कमा एक प्रकारको उत्तेजन बढाउछ र निद्रा आउन बाधा पार्छ । सुत्न जानुभन्दा १/२ घण्टा अगाडि यस्ता पदार्थ प्रयोग नगर्दा निद्रा आउन सहज हुन्छ ।
  • भोकै सुत्नु राम्रो हुँदैन । पेट भोको भयो भने निद्रा लाग्दैन ,सुत्नुभन्दा अगाडि पानी पिउनलाई पिसाब लागेर उठिराख्नुपर्नेछ र निद्रामा गडबडी आउछ । नियमित व्यायाम स्वास्थ्यको लागि राम्रो हुन्छ । यसले निद्रा पार्न पनि सजिलो हुन्छ तर एकदम धेरै शारीरिक व्यायाम भयो भने हुदैन ।
  • लेख्ने , पढ्ने वा कम्प्यूटरमा काम गरिराख्नुभएको छ भने सुत्नुभन्दा करिब आधा घण्टा अघि काम गर्न छाड्नु र रिल्याक्स गर्नुहोस्।
  • सकभर निद्राका लागि औषधि प्रयोग नगर्नु राम्रो हुन्छ । औषधि प्रयोग नगरी नहुने भए एक हप्ता वा त्यो भन्दा बढीका लागि प्रयोग गर्नु हुदैन ।
  • सुत्नुभन्दा पहिले मनतातो दूध पिउदा निद्रा लाग्न मद्दत गर्छ ।
  •  सकिन्छ भने सुत्नुभन्दा एक डेढ घण्टा पहिले मनतातो पानीले नुहाउदा पनि रिल्याक्स हुन्छ र निद्रा आउन सहयोग पु¥याउछ ।
  • बेलुका निद्रा लागेपछि सुत्ने र बिहान निद्रा खुलेपछि उठ्ने नियमित गर्नेहरुमा निदाउने र निद्रा खु्ल्ने ठिक समय (साइकल) हुन्छ । सधै करिब करिब एउटै समयमा सुत्ने र एउटै समयमा उठ्न गर्दा प्राय ःसमस्या आउँदैन । तर सधै सुत्ने र उठ्ने समय फरक गरिरहँदा निद्रा लाग्ने र बिहान जाग्ने समय बिग्रिन्छ , एउटै सकयमा सुत्ने भन्नाले एकदम ध.घडी मिलाएर सुत्नु भने पर्दैन, भनौ १० बजे सुत्ने प्लान छ भने आधा घण्टा अघि वा आधा घण्टा पछि पर्दा केहि फरक पर्दैन तर कहिले १० बजे कहिले १२ बजे वा कहिले १ बजे सुत्न लाग्यो भने सुत्ने उठ्ने ठिक समय (साइकल ) बिग्रिन्छ । धेरै मानसिक तनाव भएर वा विभिन्न रोग लागेर निद्रा नलागेको हो भने तनाव घटाउने र रोगको उपचार गर्नेजर्फ लाग्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *