नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

सुनको मूल्य तोलाको झण्डै एक लाख रुपैयाँ
काठमाडौँ । सुनको मूल्य एक तोलाको झण्डै एक लाख रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार दुई सय रुपैयाँले बढेको हो ।
यस्तै तेजाबी सुनको मूल्य तोलाको ९९ हजार ३६५ पुगेको छ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।