What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
नेपालमा थप ३ सय १५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २० हजार नाघ्यो
What To Know
- जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा हाल पाँच हजार ३ सय ३८ जनामा कोरोना संक्रमण सक्रिय रहेको जानकारी दिनुभयो । रौतहट र कैलालीमा ५ सय भन्दा बढी संक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।.
- शनिबार मात्रै ९३ जना डिस्चार्ज भएका छन् । अहिले प्रदेश एकमा दुई सय २५ जना, प्रदेश दुईमा दुई हजार ६६ जना, वागमतीमा पाँच सय ७५ जना, गण्डकीमा तीन सय १३ जना, प्रदेश पाँचमा तीन सय ८७ जना, कर्णालीमा दुई सय ९७ जना र सुदूरपश्चिममा एक हजार ६ सय ७५ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।.
काठमाडौँ । नेपालमा कोरोना संक्रमितको कुल सङ्ख्या २० हजार नाघेको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा ३ सय १५ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या २० हजार ८६ पुगेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा हाल पाँच हजार ३ सय ३८ जनामा कोरोना संक्रमण सक्रिय रहेको जानकारी दिनुभयो । रौतहट र कैलालीमा ५ सय भन्दा बढी संक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।
शनिबार मात्रै ९३ जना डिस्चार्ज भएका छन् । अहिले प्रदेश एकमा दुई सय २५ जना, प्रदेश दुईमा दुई हजार ६६ जना, वागमतीमा पाँच सय ७५ जना, गण्डकीमा तीन सय १३ जना, प्रदेश पाँचमा तीन सय ८७ जना, कर्णालीमा दुई सय ९७ जना र सुदूरपश्चिममा एक हजार ६ सय ७५ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयले कुल सङ्क्रमितको ७२ दशमलव १ प्रतिशत व्यक्ति निको भएको जनाएको छ । हाल देशभर ११ हजार पाँच सय ३३ जना व्यक्ति क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ ।
यसैगरी मन्त्रालयले स्थलमार्गबाट आउनेहरुको सीमा क्षेत्रमै स्वाब संकलन गरी रिपोर्ट नआउन्जेलसम्म क्वारेन्टाइनमै राख्न निर्देशन दिएको छ । २५ जना भन्दा बढी एकै ठाउँमा जम्मा नगर्न र नगराउन पनि मन्त्रालयले आग्रह गरेको छ । ०००






