नेपालको वर्तमान शासकीय प्रणाली नै परिवर्तन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले मुलुकको शासन प्रणाली परिवर्तन नभएसम्म मुलुकमा दीगो स्थिरता नहुने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले मुलुकको बर्तमान शासन प्रणालीले दुई तिहाइको सरकार पनि स्थीर हुन नसकेको भन्दै शासकीय प्रणाली नै परिवर्तन गर्नुपर्ने बताउनुभएको हो । उहाँले मुलुकलाई दिगो स्थीरतातर्फ लैजान पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचीत राष्ट्रपतिय प्रणालीको व्यवस्था हुनुपर्ने दोहराउनुभयो । उहाले मुलुकका देखिएका बिभिन्न व्यवस्थालाइ परिमार्जन गर्दै समृद्धिको दिशातर्फ जानुको बिकल्प नरहेको धारणा पनि राख्नुभयो ।

जनताले विश्वास गरेका पुराना पार्टी कांग्रेस र कम्युनिष्ट पार्टिबाट निराशामात्र पैदा भएको उहाको भनाई छ । उहाले समृद्धि र बिकास हासिल गरेमात्रै मुलुक बलियो हुने तर्क गर्नुभयो । भट्टराईले जनताको विश्वास लिएर नै जनताको अधिकार स्थापीत गर्नका लागी संविधान संशोधन गर्न सकिने बताउनुभयो । कार्यक्रममा बिभिन्न दलबाट आएका कार्यकर्तालाई पार्टी प्रवेश गराइएको थियो । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *