कोरोना संक्रमणको जोखिम बढ्दै, यस्तो छ डाक्टरको सल्लाह

काठमाडौँ । चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरूले कोरोना संक्रमणको जोखिम बढेकोले आमनागरिकले नै आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् ।

शनिबार राजधानिमा आयोजित साक्षात्कारमा चिकित्सकहरुले कोरोना संक्रमणको जोखिम बढेकोले सरकारले अहिले पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने बताए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वमहानिर्देशक डा. बाबुराम मरासिनीले नेपालमा कोरोना संक्रमणको बाढी भारतबाट आएको टिप्पणी गर्नुभयो । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढेको र अवस्था अत्यन्तै चिन्ताजनक रहेको उहाले बताउनुभयो ।

शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल टेकुका प्रवक्ता डा. अनुप बास्तोलाले कोरोना संक्रमणको जोखिमबाट बच्नको लागि आम नागरिक व्यवस्थित हुनुको विकल्प नभएको बताउनुभयो । सरुवा रोग विशेषज्ञसमेत रहेका प्रवक्ता डा. बास्तोलाले काठमाडौं उपत्यकामा संक्रिमतहरुको संख्या बढ्न थालेपछि आम मानिस त्रसित बनेको उल्लेख गर्दै सबैले सावधानी अपनाउनुपर्ने धारणा राख्नुभयो ।

नागरिक समाजका अगुवासमेत रहेका चिकित्सक डा. सुन्दरमणि दीक्षितले आफूहरुले यसअघि सरकारलाई सावधानी अपनाउन र कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक कदम चाल्न सुझाव दिएको भएपनि सरकारले भारतसँगको सिमा नाका बन्द नगरेको गुनासो गर्नुभयो ।

उहाँले कोरोना संक्रमण रोगमा परीणत हुँदै गएपछि मात्रै कदम चाल्दा ढिलाई हुने भन्दै नेपालमा कोरोनाको जोखिम निम्त्याउने कामपनि सरकारले नै गरेको गम्भीर आरोप लगाउनुभयो । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *