What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
कोरोना अपडेट : काठमाडौँमा ४५ सहित थपिए २सय ७४ संक्रमित
What To Know
- पछिल्लो २४ घण्टामा मात्रै थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ५ सय ४७ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।.
- जागेश्वर गौतमले बताउनु भएको छ । डिस्चार्ज हुनेहरुको कुल संख्या १४ हजार २ सय ४८ पुगेको छ । आज ६ हजार ३०४ जनाको पीसीआर परीक्षण गरिएको छ ।.
काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या साढे १९ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ५ सय ४७ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा २ सय २७ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनु भएको छ । डिस्चार्ज हुनेहरुको कुल संख्या १४ हजार २ सय ४८ पुगेको छ । आज ६ हजार ३०४ जनाको पीसीआर परीक्षण गरिएको छ ।
अहिले देशभर १३ हजार २ सय १ जना क्वारेन्टाइनमा रहेका छन् । अहिले देशभर ५ हजार २ सय जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।००००






