हाम्रो यात्रा तेस्रो वर्षमा

‘नयाँ सोंच, नयाँ अभ्यास’को संकल्प बोकेर यात्रारम्भ गरेको फेयर नेपालडटकमले स्थापनाको दुई वर्ष पार गरेर तेस्रो वर्षमा प्रवेश गरेको छ । यो यात्राका साक्षी हाम्रा पाठक, सुभचिन्तक र प्रत्यक्ष एवं परोक्षरुपमा सहयोग गर्नुहुने सबै व्यक्तित्व तथा निकायप्रति आभार ।

यो दुई वर्षको अवधिमा हामीले लिएको संकल्पलाई यहाँहरुले असाध्य रुचाईदिनु भएकै कारण हामीले थुप्रै सफलता हासिल गर्यौँ । त्यसको मापन हो, दैनिक ५० हजारसम्म भिजिटर पुग्नु । र, हामीले स्थायी स्तम्भका रुपमा राखेको ‘लोकसेवा तयारी’लाई पाठकले मात्रै रुचाउनु भएन । अन्य मूलधारका अखबार तथा अनलाईनले समेत त्यसलाई आफ्नो स्तम्भमा राखे । प्रविधिको बढ्दो विकास र सूचना प्राप्त गर्ने विभिन्न माध्यम मध्ये प्रभावकारी मानिएका अनलाई न्यूज पोर्टलको भीडमा हामी धेरै पछि छैनौ । संख्यात्मक रुपमा केही सय अनलाइनभित्र दरिएपनि गुणात्मकतासँग कहिल्यै सम्झौता गरेनौँ । र, त्यसको श्रेय आम पाठक र सुभचिन्तक तथा सहयोगिहरुलाई नै जान्छ ।

अक्षर अंग्रेजी भएपनि ‘फेयर भन्ने शब्द आफैँमा पूर्ण मात्रै होइन अर्थपूर्ण छ । यो शब्द आफैले निष्पक्ष अर्थात् पक्षरहित भन्ने वृहद अर्थ बोकेको छ । हामी कहाँ चलन छ, नाम एउटा राखेर नारा राखेर दृष्टिकोण दर्शाउने । तर, फेयर शब्द आफैंमा पूर्ण नारा हो । त्यही कारण हामीले फेयर शब्दलाई नै मष्तिष्क बनाएका छौँ । यसको अर्थ हामी तटस्थ पत्रकारिताका पक्षधर हौँ भन्ने हाम्रो शिर अर्थात् नामैले थाहा दिन्छ । उपरान्त पनि हामी यही मूल धेय्यलाई शिरोपर गर्दै अघि बढ्ने छौँ । र, आउने दिनमा समेत यहाँहरु सबैको यस्तै साथ सहयोगको अपेक्षा गर्दछौँ । र, फेरि पनि कृतज्ञ छौँ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *