पाल्पामा युवाहरुलाई क्षमता विकास तालिम सुरु

पाल्पा,तानसेन ।

सुनिल कार्की ।

यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा पाल्पामा क्रियाशील युवाहरुलाई क्षमता विकास सम्बन्धी तालिम दिईएको छ ।

परिवार नियोजन संघ पाल्पा शाखामा आबद्ध भई जिल्लाका विभिन्न क्षेत्रका सुचना केन्द्रमा काम गर्ने १० जना साथि शिक्षकहरु तालिमा सहभागी छन । कार्यक्रममा बगनासकालि ८ बराङदीको बगनासकालि युवा सुचना केन्द्र, तानसेन ७ को कुनसरे युवा सुचना केन्द्र सहित परिवार नियोजन संघ पाल्पा शाखाका साथि शिक्षकहरुलाई लक्षित गरि तालिम प्रदान गरिएको हो ।

तालिममा बृहत यौनिकता शिक्ष अन्र्तरगत युवाको प्रजनन अधिकार,जिविको पार्जनको सिप,सुरक्षिता गर्भपतन सम्बन्धी भेदभाव र लञ्छना न्यूनिकरण,मुल्य र मान्यतामा स्पष्टता ल्याई ब्यावाहारमा परिवर्तन सम्बन्धी प्रशिक्षण शाखा प्रबन्धक सोबाकान्त न्यौपानेले दिनुभएको थियो ।

कार्यक्रम शाखाका उपसभापति ज्योतिराज भण्डारीको अध्यक्षता,सल्लाहाकार चित्रवालीराम सुवालको प्रमुख आथिथ्यता,शाखा सचिव सुशील शाक्यको स्वागत,कार्यसमित सदस्य माधव अर्यालको धन्यवाद ज्ञापन र पकाड प्रोजेक्टको युथ च्याम्पीयन रेश्ना श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा शाखाका युवा उपसमित सदस्य मिलन खड्काकाले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पर्नुका साथै कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो । तिनदिने युवा लक्षिता क्षमता विकास सम्बन्धी तालिम पाल्पा शाखा संञालित पकाड प्रोजेक्ट अन्र्तरगत आयोजना गरिएको हो ।

समापन कार्यक्रममा आगामी दिनमा कोभिड १९ का कारण यौन तथा प्रजनन अधिकारी सम्बन्धी क्याम्पीयनिङ कार्यक्रम यही साउन १४ गते आयोजना गरि समापन गरिने शाखाका लेखापाल सोम बहादुर आलेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *