नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

कक्षा १२ को परीक्षा असोजमा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले परीक्षा सञ्चालनमा लागि शिक्षा मन्त्रालयको स्वीकृतिको पखाईमा रहेको जानकारी दिनुभयाे । उहाँले परीक्षा सञ्चालन कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको पनि जानकारी दिनुभयाे ।
उहाँले भन्नुभयाे, ‘परीक्षा हुने निश्चित भएकाले विद्यार्थीहरुले तयारी थाल्नुहुन म आग्रह गर्छु । सुरक्षा सावधानी पनाएर परीक्षा हुन्छ ढुक्क हुनुस् ।’ १२ कक्षाको परीक्षामा चार लाख ३२ हजार विद्यार्थी सहभागी हुने बताइएको छ ।