What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

कोरोनाभाइरसको सङ्क्रमणबाट नेपालमा एक विदेशी नागरिकको मृत्यु
What To Know
- त्रिवि शिक्षण अस्पतालका निमित्त प्रशासन प्रमुख माधव प्रसाद घिमिरेले मंगलबार त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएकी उहाँको आज बिहान छ बजेर १५ मिनेटमा मृत्यु भएको हो । पोखरामा बस्दै आएकी उहाँको स्वास्थ्यमा समस्या आएपछि ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उहाँको स्वाब परीक्षण गर्दा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको थियो ।.
- सम्बन्धित निकायबाट तीन देखि चार दिन लाग्ने हुनाले तात्कालका लागि शवलाई अस्पतालमै व्यवस्थित गरेर राखिएको घिमिरेले प्रष्ट्याउनुभयो । नेपालमा हालसम्म कोभिड–१९ बाट ४१ जनाको मृत्यु भएको छ । आज त्रिवि अस्पतालमा मृत्यु भएका चिनियाँ नागरिक भने कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुने पहिलो विदेशी नागरिक हुनुहुन्छ ।.
काठमाडौँ । नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट पहिलो पटक विदेशी नागरिकको मृत्यु भएको छ ।
काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना हुनुभएकी ४९ वर्षीया चिनियाँ नागरिकको मृत्यु भएको हो ।
त्रिवि शिक्षण अस्पतालका निमित्त प्रशासन प्रमुख माधव प्रसाद घिमिरेले मंगलबार त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएकी उहाँको आज बिहान छ बजेर १५ मिनेटमा मृत्यु भएको हो । पोखरामा बस्दै आएकी उहाँको स्वास्थ्यमा समस्या आएपछि ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उहाँको स्वाब परीक्षण गर्दा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको थियो ।
अस्पताल प्रशासनका निमित्त प्रमुख माधव प्रसाद घिमिरेका अनुसार मृतक चिनियाँ नागरिकको शव व्यवस्थापनको कार्य भइरहेको छ । उहाँले भन्नुभयो, “मंगलबार त्रिवि अस्पताल भर्ना हुनुभएकी उहाँ एक्युट कोरोनरी सिन्ड्रम विथ सेग्मेन्ट एलिभेशनबाट पीडित हुनुहुन्थ्यो ।”
सम्बन्धित निकायबाट तीन देखि चार दिन लाग्ने हुनाले तात्कालका लागि शवलाई अस्पतालमै व्यवस्थित गरेर राखिएको घिमिरेले प्रष्ट्याउनुभयो । नेपालमा हालसम्म कोभिड–१९ बाट ४१ जनाको मृत्यु भएको छ । आज त्रिवि अस्पतालमा मृत्यु भएका चिनियाँ नागरिक भने कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुने पहिलो विदेशी नागरिक हुनुहुन्छ ।